इनरुवा, १३ जेठ । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले इनरुवामा आज आइतवार बृहत्त सम्वादात्मक कार्यक्रम गर्दैछ ।
कोच मधेस व्यरोको आयोजनामा इनरुवा १ स्थित सत्यनारायण मन्दिरको सभाहलमा दिउँसो १ बजे बृहत्त सम्वादात्मक कार्यक्रम हुन लागेको हो ।
बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि हुन लागेको बृहत्त सम्वादात्मक कार्यक्रममा पुर्व उपप्रधानमन्त्री महतो, नेता बुद्ध छिरिङ्ग मोक्तान, कमला गुरुङ्ग, सुमन साययी, केशव झा लगायतको उपस्थिती रहने राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले जानकारी दिए ।
कोशी प्रदेशमा सरकारी सेवामा मधेसीको अवरोध, नागरिकको भुमी हरण तथ कब्जा, मधेसीलाई नागरिकता नदिने तथा पाएकाहरुको पनि खोस्ने प्रपञ्च, राज्यधारीहरुको हित अनुकुल प्रदेशको सिमाकंन एवं नामाकंनले गर्दा संघीयताको औचित्य माथी नै गम्भिर प्रश्न सृजना गर्ने कार्य भईरहेकोले राष्ट्रिय मुक्ति क्रान्तिले इनरुवामा आज आइतवार बृहत्त सम्वादात्मक कार्यक्रम गर्न लागेको नेता मेहताले जानकारी दिए ।
बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिले दैशभरि नै विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।