इनरुवा, १४जेठ । संचारक्षेत्रमा समावेशीकरण आवश्यक रहेको सरोकारवालाहरुले औल्याएका छन ।
पत्रकार कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवशको अवसरमा प्रेस सेन्टर नेपाल सुनसरीले इनरुवामा आयोजना गरेको समावेशी पत्रकारिता र नेपाल पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले संचारक्षेत्रमा समावेशीकरण आवश्यक रहेको औल्याएका हुन ।
मुलुकमा पछाडि परेका वा पारिएका सबै वर्गले मिडियाको समान र निश्पक्ष भूमिकाको अपेक्षा गर्ने गरेकोले समावेसीकरण आवश्यक रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बराल बताए । उनले मुलुकमा पछाडि परेका वा पारिएका सबैको समावेसीकरण आवश्यक रहेको बताउँदै अपांगता भएको व्यक्ति, आदिबासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, सीमान्तकृत, उपेक्षितवर्गले मिडियाको समान र निश्पक्ष भूमिकाको अपेक्षा गर्ने गरेको र तर यसको अनुभुती गर्न नपाएको समेत बताए ।
नेकपा एमालेका जिल्ला सचिव राम कोईरालले अनलाईन, रेडीयो, पत्रपत्रिका, युटुव सहितको संचार र प्रविधिहरुलाई जनमैत्री बनाउन समावेसी पत्रकारितालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य दिलिपचन्द साहुले सबै भुगोलमा बसोबास गर्ने सबै आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने बताए ।
नेपाली काग्रेंंसका सचिव वीरेन्द्र कुमार साहले समावेशीकरणलाई लोकतन्त्रको गहनाको रुपमा व्याख्या गर्ने गरिएकोले त्यसको व्यवहारमा पनि अनुभुती गराउनुपर्ने बताए ।
पत्रकारितालाई समावेशी बनाउन अस्तित्वमा रहेको सञ्चार प्रतिष्ठान तथा संचारमाध्यमहरूलाई समावेसी बनाउनुपर्ने, महासंघले नेपाली सञ्चार क्षेत्रमा उचित श्रम अधिकारको अभ्यास गराउनुपर्ने र महिला, दलित, आदीबासी, जनजाती, मधेसी, मुस्लिम, सिमान्तकृत र पिछडिएको क्षेत्रको अबाज बुल्द पार्नका लागि सोही समुदाय वा वर्गको पत्रकारलाई मिडिया ल्याउन पहल गर्नुपर्ने पत्रकार जयकृष्ण यादवले उल्लेख गरे ।