इनरुवा, १४ जेठ । पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई एकल जातिय सोचबाट मुक्त गरि सवैको साझा नेपाल बनाउनु पर्ने बताएका छन ।
हिजो इनरुवामा राष्ट्रिय मुक्ति क्रान्तिको सम्वादात्मक कार्यक्रममा बोल्दै नेपाल सवै जातजातिको फुलवारी भएकोले एकल जातिय सोचबाट मुक्त गराई बहुलराष्ट्रिय राज्य निर्माण गर्न आवश्यक रहेको बताएका हुन ।
उनले भने नेपाललाई एकिकृत गर्दा पूथ्वी नारायण शाहले ने नेपाल छतिस जातको फूलवारी हो भनेका थिए । तर नेपालको अहिलेको राज्य सत्ता एकल जातिय सोचका साथ संचालन भईरहेको छ । त्यसैले सवैको साझा नेपाल बनाउन राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक छ ।
कार्यक्रममा क्रान्तिका नेता बुद्ध छिरिङ मोक्तान, कमला गुरुङ, सुमन सयमी लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
बहुलराष्ट्रिय राज्य स्थापना गर्नका लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियानले देशभर विभिन्न किसिमका कार्यक्रम संचालन गरिरहेको छ ।