इनरुवा, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धि कार्यक्रम गरिएको छ ।
इनरुवा जेसिजको आयोजना र जिल्ला ट्राफिक कार्यलय सुनसरीको समन्वयमा मंगलवार इनरुवा नगरपालिका ४ बसचौकमा ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धि कार्यक्रम गरिएको हो ।
ट्राफिक नियमन सम्वन्धि सचेतना फैलाउन तथा सडक दुर्घटना न्यूनिकरण गर्नका लागि सडक सुरक्षा सम्वन्धि कार्यक्रम गरिएको इनरुवा जेसिज २०२४ का अध्यक्ष विकेश मेहताले जनकारी दिए ।