कृषि तथा पशु बीमा फेरि सुरु, अनुदान बक्यौता रकम भुक्तानी गर्ने सहमति

Logo
Popular News शुक्रबार, जेठ १८, २०८१

काठमाडौ, १८ जेठ । कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको अनुदान बक्यौता रकम सरकारले भुक्तानी नगर्दा केहि समयदेखि रोकिएको कृषि तथा पशु बीमा कार्यक्रम फेरि सुरु हुने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई करिब १ अर्ब रुपैयाँ दिनुपर्ने बीमाको रकम भुक्तानी गर्न सहमति गरेपछि सुरु हुने भएको हो ।

कृषिमन्त्री ज्वालाकुमारी साहसहित मन्त्रालयका सचिवहरूले नेपाल बिमक संघ, नेपाल बीमा प्राधिकरणसँग छलफल गरेर सहमति गरेको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिईन ।

कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी र १ चैतदेखि स्थगन भएको बीमा सम्बन्धमा छलफल भएको थियो,’ शिवाकोटीले भनिन् ।

उनका अनुसार बीमा कम्पनीहरूले जारी गरेको कृषि तथा पशुपन्छी बीमा अन्तर्गत बीमालेख बापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये तत्काल ९७ करोड भुक्तानी गर्ने र बाँकी रकम चालु आर्थिक वर्षमै भुक्तानीको पहल गर्ने सहमति भएको हो ।

अब १ चैतदेखि किसानले गर्न नपाएको पशु तथा बाली बीमा बिमकहरूले निरन्तर सुचारु गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800