आज विश्व दुध दिवस : दुध बजारीकरणप्रति सरकार उदासीन

Logo
Popular News शनिबार, जेठ १९, २०८१

इनरुवा, १९ जेठ । दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आज २४ औँ विश्व दुध दिवस मनाइँदै छ ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याउने योगदान मनन् गर्दै दुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संगठनले सन् २००१ साल जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुन्छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा कुल २५ लाख ६६ हजार मेट्रिक टन दुध उत्पादन भएको थियो । यस बाहेक पनि वार्षिक रुपमा २ अर्बभन्दा बढी रुपैयाँको दुध आयात हँुदै आएको सरकारी तथ्याङ्कले देखाउँछ ।

मुलुकमा दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा दुग्ध क्षेत्र नसमेटिएको दुग्ध उद्योगीहरूले गुनासो गरेका छन् । आगामी आर्थिक वर्ष (२०८१/८२) को बजेटले दुग्ध क्षेत्रका समस्या सम्बोधन नगरेको भन्दै उद्योगीहरूले असन्तुष्टि जनाएका छन् ।

धेनु शुभलक्ष्मी डेरी उधोग इनरुवाका संचालक धर्मविर आर्यले दुध बिक्रि गर्दा समयमा दुधको भुक्तानी नपाउदां समस्या भएको बताउँछन । उनले सरकारले समस्या समाधानका लागि उदासीन रहेको समेत बताए ।

सरकारले आगामी आर्थिक वर्षका लागि कृषितर्फ ५७ अर्ब २९ करोड रकम विनियोजन गरेको छ । स्वदेशमै बढी उत्पादन क्षमता भएका दुधालु पशु उत्पादन गर्न गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड विनियोजन भएको छ । खोरेत रोग नियन्त्रण गर्न सघन खोप कार्यक्रम सञ्चालन गरिने, खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड रुपैयाँ व्यवस्था गरिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १० करोड रुपैयाँ बराबरको दुध तथा दुग्धजन्य पदार्थ निर्यात गरिएको छ । सो अवधिमा २ अर्ब १५ करोड रुपैयाँ बराबरको दुध तथा दुग्धजन्य पदार्थ आयात गरिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800