इनरुवा, ३ असार । सुनसरीमा हर्षाेल्लासका साथ मुस्लिम धर्मावलम्वीहरुले महान पर्व ईदुल अजहा अर्थात बकर ईद मनाईरहेका छन् ।
सदरमुकाम इनरुवा, कोशी, हरिनगर, भोक्राहा नर्सिङ, रामधुनी, इटहरी , धरान, गढि, दुहबी , बर्जु लगायत जिल्लाभर ईदुल अजहा अर्थात बकर ईद मुस्लिम धर्मावलम्वीहरु हार्षाेल्लासका साथ मनाईरहेका छन् ।
विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मस्जिदहरुमा भेला भई सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि शुभकामना आदान प्रदान गरिरहेको छ ।
ईदुल अजहा अर्थात बकराईदको नमाज पढी सके पछि मुस्लिम धर्मावलम्वीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् ।