इनरूवा, ८ असार । भोक्राहा नरसिंह गाउँपालिकामा चालु आर्थिक बर्षमा अधुरो रहेको कार्यक्रमहरुलाई पुरा गर्न प्रथमिकता दिई आगामी आर्थिक बर्ष ०८१।०८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।
गाउँपालिकामा १६ औं गाउँसभामा अगामी आर्थिक बर्षमा चालु आर्थिक बर्षमा पुरा हुन नसकेको कार्यक्रमहरुलाई प्रथमिकता दिने गरि नीति तथा कार्यक्रम ल्याएको हो ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले संघिय सरकारले चालु आर्थिक बर्षमा दिएको बजेट मध्ये २५ प्रतिशत बजेट काटेकोले कार्यक्रमहरु संचालन गर्न नसकेको कारण अगामी बर्षमा निरन्तरता दिनु परेको बताए । उनले करिब ३ करोड रुपैया चालु आर्थिक बर्षमा संघिय बजेट कटौती गरेको गुनासो गरे ।
अध्यक्ष अजादले अगामी आर्थिक बर्षमा युवा लक्षित, महिला र विभिन्न समाुदायमा आधारित कार्यक्रम समावेश गरिने, युवाको लागी, महिलाको लागी, सहकारी, कृषि, किसान, विमा, स्वास्थय विमा, शिक्षा सुधार, शैक्ष्कि सुधार गर्ने कार्यक्रमहरु समावेश गरिने बताए ।
साथै आगामी आर्थिक वर्षका लागि विभिन्न पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, सिँचाइ, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकता दिने गाउँपालिकाका अध्यक्ष अजादले बताए ।
प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गाउँपालिकाको वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै यस वर्षको आम्दानी र खर्चको विस्तृत विवरण पेस गरेका थिए । उनले बजेट पारदर्शिता र सही प्रयोगमा विशेष ध्यान दिइने बताए ।