इनरुवा, १० असार । सुनसरीको गढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरीएको छ ।
आइतवार गाउँपालिकाको १३ औं गाउँसभामा अध्यक्ष आश नारायण चौधरीले आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो ।
गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषी, पशुपन्छी, पर्यटन, उद्योग, सहकारी, शिक्षा्, स्वास्थ्य, खानेपानी तथा सरसफाई, महिला विकास तथा लैंगिक समानता, खेलकुद, भौतिकपुर्वाधार लगायतका विषयहरु जोड दिने उल्लेख छ ।
पालिकाले कृषिमा आधुनिकिकरण सँगै उन्नत जातका विउँ विजन, सामुहिक खेती प्रणाली र रसायनिक मल समयमै उपलब्ध सँगै कमपोष्ट मल प्रयोग गर्ने जस्ता विषयलाई प्राथमिकता दिने अध्यक्ष चौधरीले बताए ।
त्यसैगरी गढी २ स्थित रहेको सरस्ती मा वि.मा.प्राविधिक शिक्षा पठन पाठन सञ्चालन गरीने र गढी गाउँपालिका राम्रो विधार्थीलाई छात्रवृत्ति प्रदान र १ वटा विधालयलाई नमुना विद्यालय बनाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गरीबीको रेखामुनी रहेका दलित, अपांगता, अल्पसंद्ययक लगाएतका घरधुरीहरुलाई स्वास्थ्य विमामा ६० प्रतिशत गाउँपालिकाले साझेदारी गरी स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिने समयमै सवै स्वास्थ्य चौकीहरुमा नेपाल सरकारबाट सुचिकृत भएका अतिआवश्यक सबै औषधीहरु निरन्तर आपुर्ती गरी आयुर्वेद केन्द्रलाई विषेश प्राथमिकताका साथ जनसेवा प्रवाह गरीने निति तय गरीएको अध्यक्ष चौधरीले बताए ।
सुत्केरी महिला, दलित, अपांग, पिछडावर्ग , अल्पसंख्यक, जेष्ठ नागरिक लगायतका व्यतिmहरुलाई प्रदानगर्दै आएको निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता दिइने र थप एम्बुलेन्सको लागि प्रदेश र संघिय सरकार संग पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै सुरक्षित आवास कार्यक्रमको लागि थप २५ घरधुरी छनौट गरी सुरक्षित आवास कार्यक्रम संचालन गर्ने भएको छ ।