कोशी प्रदेशमा १४ प्रतिशत र सुनसरीमा २० प्रतिशत मात्र धान रोपाइँ

Logo
Popular News शनिबार, आषाढ १६, २०८१

इनरुवा, १५ असार । आज राष्ट्रिय धान दिवस । सरकारी, गैरसरकारी तथा विभिन्न सरोकारवलाहरुले ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाईरहेकोछ ।

सुनसरीमा ४ हजार ८ सय ९ हेक्टरमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिएको छ । उनले दिएको जानकारी अनुसार सुनसरीमा हालसम्म २० प्रतिशत मात्र धान रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८० दशमलव ३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

कृषि विभागका अनुसार चालु बर्षको हालसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा मात्रै धान रोपिएको छ । जुन कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको छ ।

विभागका अनुसार देशभर अहिले धान खेती हुने क्षेत्र १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम रहेको छ । भने चालु आर्थिक बर्षमा धान उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको छ । जुन अधिल्लो आर्थिक बर्ष २०७९।८० भन्दा ४.३३ प्रतिशतले वृद्धि भएको कृषि विभाले जनाएकोछ ।

कृषि विभागबाट प्राप्त तथ्यांक अनुसार चालु आव धान उत्पादन कोसी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आव उत्पादकत्व तर्फ कोसी प्रदेश प्रतिहेक्टर ४.४३ टनसहित अग्र स्थानमा छ भने मधेश प्रदेश प्रतिहेक्टर ३.४९ टनमा सिमित भए न्यून स्थानमा छ ।

धान उत्पादनको तथ्यांक हेर्दा बृद्धि भएको देखिएता पनि धान–चामल अन्य देशबाट आयात हुने तथ्यांङ्क भने डरलाग्दो छ ।

नेपालले चालु आर्थिक बर्षको ११ महिनामा २० अर्ब बराबरको धान–चामल आयात गरेको छ । कृषि मन्त्रालयका अनुसार २०८०/८१ जेठ मसान्तसम्म ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँका ३० करोड ५३ लाख १० हजार ५ सय २० किलो धान आयात गरेको छ । भने ८ अर्ब ६९ करोड ६ लाख ८५ हजारको ८ करोड २७ लाख ६९ हजार ८९ किलो चामल आयात गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजारको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800