इनरुवा, १६ असार । सुनसरी काग्रेसले गिरिजा प्रसाद कोइरालाको १०१ औं जन्मोत्सवको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
आइतवार सुनसरी सदरमुकाम इनरुवामा रहेको पार्टी कार्यालयमा “सिखर पुरुष गिरिजा प्रसाद कोइरालाको व्यक्तित्व” बिषयक अन्तरकृया गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य राजिव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, नरेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।