जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

Logo
Popular News सोमबार, आषाढ १८, २०८१

विराटनगर, १७ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो ।

यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए ।

बङ्गलादेशबाट सुरु भएको थ्री जिरो क्लब सञ्जाल ५६ देशमा फैलिएको छ । विश्वभर थ्री जिरो क्लबको संख्या ३ हजार ८ सय बढी छन् । ती मध्ये सबैभन्दा धेरै नेपालमा २ हजार पाँच सय थ्री जिरो क्लब छन् ।

नेपालमा रहेका मध्ये आधा भन्दाबढी १ हजार ४१८ वटा थ्री जिरो क्लब जीवन विकास लघुवित्त वित्तीय संस्थाले गठन गरेको हो । सन् २०२१ डिसेम्बर ११ बाट जीवन विकासले थ्री जिरो क्लब गठन सुरु गरेको थियो ।

जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अतिविपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् ।

थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवद्र्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800