चिकित्सक संघ कोशीको अध्यक्षमा राजेन्द्र चौधरी

Logo
Popular News मंगलबार, आषाढ १९, २०८१

सुनसरी, १८ असार । नेपाल चिकित्सक संघ, कोशी प्रदेशको अध्यक्षमा डा. राजेन्द्र चौधरी चयन भएका छन् ।
सोमबार विराटनगरमा भएको संघको अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । संघले उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको कोशी प्रदेश शाखाको वरिष्ठ उपाध्यक्षमा डा. नवीनकुमार कर्ण, उपाध्यक्षमा डा. शिलावन्त सेन श्रीवास्तव, महासचिवमा डा. बालकृष्ण साह, सहसचिवमा डा. रामकुमार यादव, कोषाध्यक्षमा डा. सुनिल रेग्मी र सहकोषाध्यक्षमा डा. तेजेन्द्र कार्की निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा. प्रेक्षा दली, डा.अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा. जीवनाथ धमला र डा. राजाबाबु मण्डल चयन भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800