काठमाडौँ, २१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ता सगै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिएका हुन । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेका छन ।