मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

Logo
Popular News शनिबार, आषाढ २३, २०८१

जनकपुरधाम, २२ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो । उनले २५ जेठमा सपथ लिएका थिए ।

प्रदेश सभामा मत विभाजन गराउँदा उपस्थित १०१ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ ।
मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् ।
विपक्षमा जसपा, माओवादी, नेकपा एस, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले मतदान गरेका हुन् ।

नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि शनिबार बिहान मात्रै मुख्यमन्त्री सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800