कोशी प्रदेशको चालु आर्थिक बर्षमा विनियोजित बजेटको ७७ प्रतिशत मात्र खर्च

२४ गते एकै दिनमा २ अर्ब ३० करोड भुक्तानी
Logo
Popular News मंगलबार, आषाढ २६, २०८१

विराटनगर, २५ असार । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६४४ रुपैयाँ खर्च भएको सार्वजानिक भएको छ । यो खर्च रकम चालु आर्थिक बर्षका लागि विनियोजन गरेको बजेटमध्ये ७७ प्रतिशत हो । जसमा पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार ७०६ अर्थात् ७८.३७ प्रतिशत र चालूतर्फ १२ अर्ब ७२ लाख ३१ हजार ९३८ रुपैयाँ अर्थात् ७५.३५ प्रतिशत रहेको छ ।

कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत ऋषिकुमार खनालका अनुसार वित्तीय व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को खर्च २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६४४ रुपैयाँ रहेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरण अनुसार २४ गते मात्रै २ अर्ब ३० करोड भन्दा बढी भुक्तानी भएको देखिन्छ । जसमा पुँजीगततर्फ २ अर्ब ४ करोड १२ हजार रुपैयाँ एकै दिनमा भुक्तानी हुँदा चालू तर्फ २६ करोड ३५ लाख ७६ हजार ५२८ रुपैयाँ भुक्तानी भएको छ ।

असार २३ गतेसम्ममा कोशी प्रदेशमा चालूतर्फ ११ अर्ब ७४ करोड ३६ लाख ५५ हजार ४१० खर्च भएको थियो । यस्तै पुँजीगततर्फ १४ अर्ब ३२ करोड ६ लाख ३२ हजार ४५२ रुपैयाँ खर्च भएको थियो । जुन विनियोजन गरिएको बजेटको ७० प्रतिशत हो । यस्तै प्रदेशको जम्मा खर्च असार २३ गतेसम्म २६ अर्ब ६ करोड ४२ लाख ८७ हजार ८६३ रुपैयाँ थियो । जुन विनियोजन गरेको बजेटमध्येको झण्डै ७१ प्रतिशत हो ।

सरकारले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजारको बजेट ल्याएको थियो । जसअनुसार चालूतर्फ १६ अर्ब ३९ करोड ६५ लाख ९२ हजार रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ४१ करोड २४ लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800