इजरायलले २ हजार जना केयरगिभर लैजाने

Logo
Popular News शनिबार, साउन १२, २०८१

काठमाडौं, १२ साउन । इजरायलले दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ ।
इजरायलको पपुलेशन एण्ड इमिग्रेशन एथोरेटी (पिबा) ले दुई हजार जना केयरगिभर लैजाने भन्दै नेपाललाई पत्राचार गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले इजरायलले ८०० जनाको सट्टा दुई हजार जना लैजाने भन्दै पत्र पठाएको पुष्टी गरे ।

यसअघि असार ११ गते विभागले ८०० जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा ५०० मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक उम्मेदवारका लागि आवेदन आह्वान भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूतबिच साउन ७ गते भेटवार्ता भएको थियो । त्यही क्रममा ८०० को सट्टा दुई हजार जना लैजाने सहमति भएको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छन् ।

विभागले साउन ११ गतेसम्म आवेदन आह्वान गरेको थियो । त्यसका लागि चार हजार भन्दा बढीले आवेदन दिएका छन् । जसमा एक हजार ८०० जना महिलाले आवेदन दिएका छन् । भने दुई हजार २०० जना पुरुषले आवेदन पेश गरेका छन ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800