विराटनगर, १५ साउन । कोशी प्रदेश सभामा रहेका नेपाली काग्रेसका धेरैजसो प्रदेश सभा सदस्यहरुले मन्त्री बन्ने दोैडमा लागे पछि मन्त्री बन्नेको नाम छनौट गर्नका लागी मापदण्ड बनाएको छ ।
सोमबार विराटनगरमा बसेको नेपाली काग्रेस कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न मापदण्ड बनाएको हो ।
मापदण्डमा मुख्यगरि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमतालाई आधार बनाईएको छ । सोही मापदण्डको आधारमा मन्त्री छनौट गर्न मापदण्ड केन्द्रमा पठाईएको छ ।
सभापति उद्धव थापाका अनुसार प्रदेश सभामा रहेका २९ मध्ये धेरैजसो प्रदेशसभा सदस्यहरू मन्त्री बन्ने दौडमा लागेपछि प्रदेश समितिले मन्त्री हुनका लागि मापदण्ड बनाएको हो ।
बैठकले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने निर्णयसमेत गरेको छ । सरकारमा जानका लागि मन्त्रीहरूको नाम भने केन्द्रीय नेतृत्वसँग परामर्श गरेर मात्रै टुङ्गो लाग्ने बताइएको छ ।