इनरुवा, १८ साउन । इनरुवा नगरपालिका वडा नं. ३ स्थीत राधाकृष्ण मन्दिर नजिकै धान खेतमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ३५ देखी ४५ वर्षको महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए ।
शुक्रवार विहानको समयमा बाटोमा आवतजावत गर्नेले देखेपछि जिल्ला प्रहरी कार्यालय सुनसरी लाई खवर गरिएको थियो ।
बाटोको छेउमा रहेको शवको पहिचानको लागि तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरेको जिल्ला प्रहरी कार्यालय सुनसरीको डिएसपी भण्डारीले जानकारी दिए ।
थप अनुसन्धान पोष्टमार्टम पछि थाहा लाग्ने र अनुसन्धान गरि विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।