विराटनगर, २४ साउन । कोशी प्रदेश सरकारले भोली (शुक्रबार) आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
कोशी प्रदेश सरकारको बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानिय तह, सार्वजनिक प्रतिष्ठान र शैक्षिक संस्थाहरू भोली (२५ साउन) बिदा दिइने निर्णय भएको जनाइएको छ ।