इनरुवा, २६ साउन । भोक्राह नरसिंह गाउँपालिकाले ३० औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा अल्पसंख्यक उराव जातीलाई उनीहरूले बजाउने मानर डिगा वितरण गरिएको छ ।
शुक्रवार भोक्राह नरसिंह गाउँपालिकाले दुई दर्जन टोलीलाई उनीहरूको सांस्कृतिक सामाग्री मानर डिगा वितरण गरेको हो ।
आदिबासीहरुको सांस्कृतिक पहिचान तथा सो सँग संरक्षण जगेर्ना तथा बद्धी विकास कार्यक्रम अन्तर्गत उराव जातीको लागि मानर डिगा हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद मियाले जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिकाको आठ वटै वटामा रहेका २४ वटा टोलबस्तीका आदिवासीहरुले वटाबाट र चिरौली चौकबाट निकालिएको ¥याली नहर चौक, मण्डेला चौक जनता चौक हुदै भोक्राहा नरसिंह गाउँपालिका कार्यालय परिसरमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।
समारोहमा कोशी प्रदेश सभा सदस्यद्धय हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, संविधान सभा सदस्य सूर्यदेव दास उराँव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, नेपाली काग्रेंसका युवराज दाहाल, एमालेका उमेश मेहता, नेकपा माओवादी केन्द्रका श्यामदेव यादव, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे सहितले शुभकामना मन्त्वय राखेका थिए ।
सुनसरीको १२ स्थानीय तहमध्ये भोक्राह नरसिंह गाउँपालिकामा उनीहरूको बढी बसोबास रहेको छ । शिक्षा र स्वास्थ्य अभावका कारण पछि पर्दै आएको यो जाति सुनसरीमा ४० हजारको हाराहारीमा रहेका छन् ।