विराटनगर, २७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले काङ्ग्रेसले मन्त्री नाम नदिएकै कारणले सरकार विस्तार हुन नसकेको बताएका छन् ।
आइतवार पत्रकार संग भएको अन्तर संवादमा मुख्यमन्त्री कार्कीले सरकार विस्तारमा अझै केही समय समय लाग्ने बताउदै काग्रेसले नाम नदिएकै कारणले सरकार विस्तार गर्न नसकेको बताएका हुन । मुख्यमन्त्री कार्कीले भने आज पनि कुरा भएको थियो उहाहरुले अझै समय माग गर्नु भएको छ ।
नेपाली काङ्ग्रेससँग राष्ट्रिय आवश्यकताका कारण सहकार्य भएको भन्दै आन्तरिक कुरा मिलाउन काङ्ग्रेसले समय माग गरेको बताए । उनले बजेट पास भए पनि गति लिन नसकेको बताए । उनले सरकार विस्तार भएपछि सरकारको काम नयाँ चरणमा प्रवेश गर्ने बताए । नेपाली काङ्ग्रेसले निर्णय गरेकै दिन सरकारले पूर्णता पाउने मुख्यमन्त्री कार्कीले बताए ।
काग्रेसले सरकार विस्तारका लागि समय मागेकाले पनि सम्सद बोलाउन नसकेको उनले बताए । मन्त्रालय बाडफाडमा कुरो मिलेको भएकाले मन्त्रालयको सङ्ख्या नबढाउने बताए उनले भने बढाउनै परे ११ भन्दा बढी मन्त्रालयको सङ्ख्या नहुने दाबी गरे ।