लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना

Logo
Popular News सोमबार, साउन २८, २०८१

इनरुवा, २८ साउन । सुनसरीको कोशी गाउँपालिका–८ स्थित लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना गरिएको छ ।
इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा लागुऔषध दुर्व्यवसनीहरुको निगरानी गर्नका लागि निगरानी कक्षको स्थापना गरिएको हो ।

आइतवार दिउँसो आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्घाटन गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागुऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि हुने तथा युवाहरु लागुऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दिर्घकालिन असर पुग्ने भएकोले यसको रोकथाम तथा नियन्त्रणको लागि लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना गरिएको बताए ।

निगरानी कक्षमा प्रहरी नायव निरीक्षक सहित ६ जना प्रहरीलाई भण्टावारी स्थित सिमा नाकाबाट आवत जावत गर्ने संकित व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा काउन्सिलिङको लागि परिचालन गरिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800