सामुदायिक बेमेल बढाउने अभिव्यक्ति र गतिविधि नगर्न सुनसरी प्रशासनको आग्रह

Logo
Popular News बिहिबार, साउन ३१, २०८१

इनरुवा, ३१ साउन । सुनसरी जिल्लामा धार्मिक, सामुदायिक बेमल बढाउने अभिव्यक्ति र गतिविधिका कार्य नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा धार्मिक तथा राजनीतिक अतिवादी समूहहरूको चलखेल बढ्ने सम्भावनालाई ध्यानमा राखेर ‘तत्कालका लागि आ–आफ्ना परम्परा र रीतिरिवाज अनुसार गर्नुपर्ने कार्यक्रम बाहेक सामूहिक भेला जम्मा नहुन’ अनुरोध गरिएको हो ।

सूचनामा ‘छिमेकी मित्रराष्ट्र बङ्गलादेशमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर विभिन्न धार्मिक तथा राजनीतिक अतिवादी समूहहरूले चलखेल गर्ने सम्भावनालाई मध्यनजर गर्दै’ सबै धार्मिक समुदाय र संस्थाहरूलाई संयतता अपनाउन र बेमेल बढाउने कुनै खालका अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरिएको छ ।

सुनसरी जिल्ला प्रशासनले सोमवार जिल्लामा बसेको सर्वपक्षीय भेलाले उक्त निर्णय भएको जनाउँदै सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गरिएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800