सुनसरी, ३२ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा सुनसरीको हरिनगरा गाउँपालिका निवासी दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मोटरसाइकलमा चालक हरिनगरा गाउँपालिका–३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ् ।
महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।
डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका–३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।