इनरुवा, ३२ साउन । लायन्स क्लब अफ काठमाण्डौले भोली (शनिबार) रक्तदान कार्यक्रम गर्दैछ ।
रगतको अभाव भइरहेको बेला लायन्स क्लब अफ काठमाण्डौमा आवद्ध सम्पूर्ण सदस्यहरुले दिउँसो १ बजे गौरिधारामा रहेको मिनिस्ट्री क्याफे एण्ड बारमा रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ काठमाण्डौका सदस्य सुनिल खतिवडाले जानकारी दिए ।
अहिले बाढिपहिरो लगायतका कारण स्वास्थ्य कार्यालयहरुमा विरामीको चाँप बढेकोले स्वास्थ्य कार्यालयहरुमा ब्लडको अभाव देखिएको छ । ब्लड अभावलाई मध्यनजर गर्दै रक्तदानको कार्यक्रम गरिएको आयोजकले जानकारी गराएको छ ।
लायन्स क्लब अफ काठमाण्डौले शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सदस्य खतिवडाले बताए ।