इनरुवा, ८ भदौ । धरान १३ शिवधाराबाट २६ लाख ५० हजार मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल धरान वेश क्याम्पले धरान १३ शिवधाराबाट दरपिट पत्र केरमेट गरी मिति सच्याइएको पाइएपछि २६ लाख ५० हजार मूल्य बराबरको गोलिया काठ सहित ट्रक बरामद गरेको हो ।
ना ४ ख ५५८ नम्बरको ट्रक चेकिङको क्रममा पाँचथर बाट उत्तिस र मौवा जातको गोलिया काठ (३८० क्यू.फिट) दरपिट केरमेट गरी ल्याइएको पाइएकाले कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।
चालक सहित ट्रक र काठ डिभिजन वन कार्यालय मोरङमा बुझाइएको छ ।