इनरुवा, ८ भदौ । इनरुवा नगरपालिकाले फोहोरलार्ई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने भएको छ ।
सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन कार्यलाई थप व्यवस्थित गर्न फोहोर बर्गिकरण गर्ने भएको हो ।
इनरुवा ८ मा रहेको स्रोत पुनः प्राप्ति केन्द्र सञ्चालनमा ल्याउँदै फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने कार्य सुरु गर्ने भएको छ ।
नगर क्षेत्रमा समस्याको रूपमा रहे फोहोरलाई स्रोतमै वर्गीकरण गरी कुहिने बस्तुबाट मल बनाउने गरी स्रोत पुनः प्राप्ति केन्द्र सञ्चालनमा ल्याएको इनरुवा नगर प्रमुख केदार भण्डारीले बताए ।उनले फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने गरी काम सुरुवात गरेको बताए ।
नगरप्रमुख भण्डारीले स्रोत पुनः प्राप्ति केन्द्र सञ्चालन गरिएकाले यस कार्यलाई सफल बनाउन सबै नागरिकहरूलाई फोहोरलाई घरघरमै वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गरी सहयोग गर्न अनुरोध गरे ।
इनरुवा ८ मा रहेको फोहोर व्यवस्थापन क्षेत्रलाई थप व्यवस्थित गर्न स्थानियहरुले दबाव दिदै आएको छ ।