कोशी प्रदेशमा मन्त्रालय नबढने मुख्यमन्त्री कार्कीको दाबी

Logo
Popular News आइतबार, भाद्र ०९, २०८१

विराटनगर, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या नबढाउने बताएका छन् ।

आईतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताएका हुन ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँगपनि मन्त्रालय नफुटाउने कुराकानी भएको उनले बताए ।

उनले भने, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिने सहमति भएको छ ।’ मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद बिस्तार हुने जानकारी दिए । काँग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद बिस्तार हुने मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800