इनरुवा, ११ भाद्र । श्रीकृष्ण जन्माष्ठमीको भोलिपल्ट आज सुनसरीको सदरमुकाम इनरुवामा रथयात्रा सभ्य र भव्य निकालिदैँ छ । ठेलागढाबाट सुरु गरिएको रथयात्रा अहिले फाइबरको घोडा सहित रथ निर्माण गरि यात्रा निकालिदैँ छ ।
श्रीराधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा धार्मिक सहिष्णुता, एकअर्काको सद्भाव राख्ने गरेको श्रीराधाकृष्ण मन्दिर सेवा समितिको अध्यक्ष केशरी अधिकारीले जानकारी गराए ।
यसै अवसरमा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले आज मंगलबार निकालिने ऐतिहासिक श्रीराधाकृष्णको रथयात्रा सभ्य र भव्य बनाउनको लागि स्थानीयबासीलाई सहभागि हुन आग्रह गर्नु भएको छ ।
श्रीराधाकृष्ण रथयात्राको सफलताको शुभकामना दिँदै मेयर भण्डारीले एकअर्काको संस्कार र संस्कृतिको कदर गरी मिलेर बस्नु नेपालीहरूको मुख्य विशेषता भएको बताउँदै भण्डारीले इनरुवा उक्त सबै विशेषता अटाउने नगर भएको बताउनुभएको छ ।
इनरुवा ३ महेन्द्रचोकमा श्रीराधाकृष्ण मन्दिर २०५५ सालमा स्थापना गरिएको हो ।