इनरुवा, भदौ १६ । जीवन विज्ञान इनरुवाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
योग, ध्यान र प्रणायमले मानिसको जीवनमा सुख, शान्ति एवम् समृद्धि ल्याउछ, त्यसै अनुरुप जीवन विज्ञानले कार्यक्रममा सहभागिसबैलाई दर खुवाउनुका साथै चाडपर्व मनाउँदा आफ्नो मौलिक संस्कृतिलाई बिर्सन नहुने जीवन विज्ञान इनरुवाकी संयोजक सविना सिग्देलले जानकारी गराईन । तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
इनरुवामा श्रीराधाकृष्ण मन्दिरको प्राङ्गणबाट सुरु गरिएको जीवन बिज्ञान एक वर्षको अवधिमा ६ वटा प्रयोगशाला (ध्यान केन्द्र) खोलिएका छन । योगले शरिर र मनलाई एक ठाउँमा एकिकृत बनाएर जीवनलाई सकारात्मक तबरले अगाडी बढाउन मद्दत पुर्याउने भएकोले अहिलेकोे समयमा योग अनिवार्य रहेको इनरुवा जीवन विज्ञान संयोजक सिग्देलले बताईन ।
तीज विशेष कार्यक्रममा इनरुवाका ६ वटा प्रयोगशालामा आवद्ध सम्पूणर् महिला तथा बालबालिकासबैलाई दर खुवाउनुका साथै तीज गीतमा नाचगानसमेत गरिएको थियो ।