इनरुवा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा आ.व. २०८१/०८२ को बार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी ऐन, नियमावली र प्रचलित कानुनको अधिनमा रही नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार अनुसार आफुले गरेका कार्यहरुको प्रगति बिवरण त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा प्रतिवेदन तयार गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रतिवेदन गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत रहेको इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय पकली तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका कार्यालय प्रमुखहरूको उपस्थितीमा बार्षिक कार्य सम्पादन सम्झौता बमोजिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने जानकारी गराएको छ ।