चौठचन्द्र पर्व (चौरचन) सम्पन्न

Logo
Popular News शनिबार, भाद्र २२, २०८१

इनरुवा, २२ भदौ । कोशी प्रदेश तथा मधेस प्रदेशमा हिजो शुक्रबार राति उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व (चौरचन) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य अर्पण गर्दै सम्पन्न भएको हो ।

प्रत्येक घरका ज्येष्ठ महिलाले हिजो दिनभरि निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका छन् । यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खीर खाने चलन रहेको छ । यस पर्वका लागि तराई मधेसका सम्पूणर् घर-घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती तथा चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा, पिरुकीया र खिर, माटोको छ्याँचीमा जमाइएको दही र वस्त्रआभूषण घरका महिलाले चन्द्रमा भगवानलाई चढाउँदै पर्व सम्पन्न गरेका छन् ।

मैथिल परम्परा अनुसार चौरचन पर्वमा विहानै उठेर घरआगँन सरसफाइ गरि गाईको गोबरले लिपपोत गर्ने र चन्द्रमा उदाउनासाथ बनाएका सबै सामग्री राखेर पूजाआजा गर्ने प्रचलन रहेको छ ।
महिलाले पूजा सकाएपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ । यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय छ ।

मिथिलाको महत्वपूणर् पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने पर्व हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800