विराटनगर, २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। दुई तिहाइ मत सहित उनले बिश्वासको मत प्राप्त गरेका हुन ।
आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । नेकपा एस समाजबादिका २ जना मतदानमा सहभागी भएन ।
यस अघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते बिश्वासको मत लिएका थिए । गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन बिश्वासको मत लिनुपरेको हो ।
कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् । नेकपा एमालेका ४० ,नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजबादिका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन् । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काँग्रेसको सरकार छ ।