अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ ट्रयाक्टर नियन्त्रणमा

Logo
Popular News शुक्रबार, आश्विन ११, २०८१

सनसरी, ११ असोज। मोरङ्गको केराबारी गाउँपालिका–८ स्थित खदम खोलाबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिवार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा १५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त ४५८३, को.१ त ८७२२, प्र.१–०२–००३ त २७१२, प्र. १–०२–००३ त १८८१, प्र. १–०२–००३ त २८३९ र प्र. १–०२–००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा लिईएका ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800