इनरुवा, ११ असोज । सप्तकोशी नदीको पुलबाट नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ ।
बिहिवार बेलुका कोशी व्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट बस नदीमा खसेको थियो ।
विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई कोशीमा खसेको थियो ।
बसमा सवार यात्रु र चालक तथा सहचालक गरी १६ जनाको स्थानीय बासिन्दाहरु र सुरक्षाकर्मीले उद्दार गरेका थिए ।
बस कोशीमा खसेको समयमा व्यारेजको ३५ र ३६ नम्बर ढोका बन्द रहेको अवस्थामा पानीको बहाव नभई बालुवा थुप्रिएका कारण बसका यात्रु सकुशल निकाल्न सकिएको थियो ।