कोशी टप्पुमा फंसेकाको उद्धार गर्न मुख्यमन्त्री कार्की ठाकुरबारीमा

Logo
Popular News शनिबार, आश्विन १२, २०८१

इनरुवा १२ असोज । कोशी टप्पुमा फँसेका २७ जनाको उद्धारका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की ठाकुरबारी पुगेका छन ।मुख्यमन्त्री कार्की सहित सुरक्षाकर्मीको टोली कोशी टाप्पुमा फँसेकाको उद्धार गर्न त्यस क्षेत्रकमा गएका हुन ।
तर खराब मौसम र नदीमा पानीको बहाव अत्याधिक बढेका कारणले उद्धार कार्यमा समस्या देखिएको छ । खराब मौसमका कारण हेलिकप्टर आउन सकेन भने नदीमा अत्याधिक बहाव भएकोले ढुडगाबाट उद्धार गर्न सकिने अवस्था नभएको बुझिएको छ ।
कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । सप्तकोशी नदिमा पानीको बहाव ५ लाख २१ हजार ४५५ क्युसेक पुगेको छ । कोशी ब्यारेजमा अहिले ५६ वटा ढोका खोलिएको छ ।
निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800