इनरुवा, १२ असोज । कोशी ब्यारेजमा पानीको सतह अत्याधिक भई खतराको संकेत पार गरेकोले आवतजावतमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिवार एक सूचना प्रकाशन गरि कोशी व्यारेजको पुलबाट मानिस तथा सवारीसाधनको आवतजावतमा रोक लगाएको हो ।
सूचनामा विगत तनि दिन देखिको अविरल बर्षाका कारणले कोशी व्यारेजमा पानीको सतह अत्याधिक भई खतराको सैकेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाको लागि आज मिति २०८१ ।०६।१२ गते दिनको ४.०० बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधनहरुको आवतजावत बन्द गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको उल्लेख छ ।