इनरुवा, १२ असोज । सप्तकोशी नदिमा पानीको बहाव अत्यधिक भएर ब्यारेजको पुल माथिबाट पानी बग्न थालेको छ ।
ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो ।
पछिल्लो मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख ४१ हजार क्यूसेक पानीको बहाव भइरहेको छ ।
ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।
ब्यारेज पुलमा मानिस तथा सवारी साधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना प्रकाशन गरि आज बेलुका ४ः०० बजेदेखी अर्को सूचना नभएसम्मको लागि आवतजावतमा रोक लगाएको छ।