इनरुवा १३ असोज । निरन्तरको वर्षा रोकिएपछि सप्तकोशी ब्यारेजमा पानीको बहाव घटन थालेको छ । आइतबार विहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव भइरहेकोमा अहिले ६ लाख ५५ हजार ००५ क्युसेक प्रति सेकेन्डमा घेटेको कोशी ब्यारेज सूचना केन्द्रले जनाएको छ । ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला नै छ ।
यसै विच कोशी ब्यारेजको पुलमाथीबाट पानी बग्नथाले पछि सप्तकोशी नदिमा फालेको फोहोर पुलमाथी थुप्रिएको छ ।