हरिनगरबाट ५० हजार नक्कली नोटसहित १ जना पक्राउ

Logo
Popular News बिहिबार, आश्विन २४, २०८१

इनरुवा, २४ असोज । सुनसरीको हरिनगर गाउँपालिकाबाट ५० हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने हरिनगर गाउँपालिका–७ बस्ने ३१ वर्षीय हजरूल खातुन रहेकी छन् । एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेटसहित उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय देवानगंज सुनसरी र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800