काठमाडौ, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् । टीकापुरमा जारी महाधिवेशनमा अध्यक्षमा उनको एकल उम्मेदवारी परेको बुझिएको छ ।
०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि उनी पार्टीको संरक्षक थिए । गत जेठमा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए । हाल पार्टीको अध्यक्षमा रेशमकी पत्नी रञ्जीता श्रेष्ठ छिन् ।
महासचिवमा आधा दर्जन बढी आकांक्षी देखिएका छन् । अहिलेसम्म ठाकुरसिंह थारु, धर्म थारु र गंगा थारुले महासचिवका लागि उम्मेदवारी दिएका छन् ।
मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी गठ जेठमा रिहा भएका हुन् ।