इनरुवा, २९ असोज । सुनसरीको देवानगन्ज वडा नम्बर १(मध्यहर्षही) जनता मा.बि.खेलमैदानमा प्रदेश स्तरीय खेलकूद कुस्ती (दंगल) खेल शुरु भएको छ ।
मंगलवार कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कुस्ती (दंगल) खेलको उद्घाटन गरेका हुन् ।
नेपालीको महानपर्व वडा दशैँको शुभ अवसरमा प्रदेश स्तरीय खेलकूद कुस्ती (दंगल) शुरु गरिएको आयोजकले जानकारी दिएको छ ।
खेल उद्धघाटन कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व कोशी प्रदेश सभा सदस्य राजिव कोइराला, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, इनरुवाका मेयर केदार भण्डारी लगायतको उपस्थिती रहेको थियो ।