पोखरा, ३ कार्तिक । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा काठमाडौँबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा ल्याइएको हो ।
सडकमार्ग हुँदै पोखरा लगिएसँगै सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाइएको छ । लगत्तै उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हिरासतमा राख्नुअघि रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पु¥याइएको थियो । आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराइने जनाइएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार साँझ प्रकाउ गरिएको थियो ।