सुनसरीको हरिनगरमा धार्मिक जलसा–ए–आम शूरु, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

Logo
Popular News शनिबार, कार्तिक ०३, २०८१

इनरुवा, ३ कार्तिक । सुनसरीको हरिनगर –१ रामनगरभुटाहामा इस्लाम धर्मावलम्बीहरुको धार्मिक प्रवचन जलसा–ए–आम (धार्मिक प्रवचन ) शूरु भएको छ ।

शुक्रवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानवता, सामाजिक सद्भाव र इस्लामिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ सुरु भएको जलसा–ए–आमको उद्घाटन गरे ।

मुख्यमन्त्री कार्कीले विशाल जलसा–ए–आम (धार्मिक प्रवचन ) कार्यक्रमका उदघाटन गर्दै विकास, समृद्धि, शान्ति र एकताका लागि अध्यात्मिक प्रबचन, मानजता सम्बन्धीको कार्यक्रम सार्थक हुनेमा जोड दिए । उनले दश वर्ष पछीको ठूलो धार्मिक कार्यक्रम भएकाले यसबाट मुस्लिम समुदायका बीचमा ज्ञानको अभिवृद्धि गर्ने र अन्य समुदायसंग राम्रो व्यवहार तथा प्रगाढ सम्बन्धका लागि समेत योग्दान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका आयोजक अनुसार कुरआन र सुन्नततर्फ आउनुहोस् भन्ने शिर्षकमा धार्मिक प्रवचन भईरहेको छ । यसमा मुस्लिम समुदायका व्यक्तिहरुलाई ईस्लामिक सरियत कानुन अनुसार हिड्न र ईस्लामिक सन्देश दिन वक्ताहरुले ईस्लाम धर्मको मुल्यमान्यता विपरीत कुनै पनि काम नगर्न आग्रह सहितको प्रवचन दिईरहेको जनाएको छ ।

जलसा–ए–आम(धार्मिक प्रवचन ) कार्यक्रमलाई इस्लामी संघ नेपाल कोशी प्रदेशले आयोजना गरिएको हो । इस्लामी संघ नेपाल कोशी प्रदेशले सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ स्थित जामअतुल् इस्लाह अल् इस्लामिया मदरसामा दुई दिने विशाल जलसा–ए–आम (धार्मिक प्रवचन) कार्यक्रम शनिबार राति सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800