बिराटनगर, ३ कार्तिक । झापाको कमल गाउँपालिका–५ स्थित रबी पेट्रोलपम्प अगाडि सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शनिवार दिउँसो करिब पौने १ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ३४३५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।