इनरुवा, ३ कार्तिक । जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राई विरामीका आफन्तबाट कुटिएका छन ।
बिरामीको रिर्पोटमा नाम नहेरी अर्केको नामको रिर्पोटमा औषधी लेखेको आरोपमा राई कुटिएको बुझिएको छ ।
इनरूवा नगरपालिकाका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाका भाईसमेत रहेका नेपाली काग्रेस इनरूवा नगर कार्यसमितिका सचिव खेमराज थापाले कुटपिट गरेको खुलेको छ ।
अस्पतालमा थापा दाजुभाइले आमालाई उपचारका लागि लगेका थिए । उनीहरूका आमालाई दुई दिनदेखि भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालकै एक चिकित्सक र विकास समितिका पदाधिकारीको योजनामा कुटपिट गरिएको आरोप छ । कुटपिट गर्ने थापालाई प्रहरी नियन्त्रणमा लिएको छ । हाल उक्त घटना मिलाउन इनरुवाका केही नेता लागिपरेको बुझिएको छ।