बिराटनगरमा १० लाख नगदसहित १० जना जुवाडे पक्राउ

Logo
Popular News शनिबार, कार्तिक १७, २०८१

विराटनगर, १७ कात्तिक । विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

शुक्रबार राति विराटनगर महानगरपालिका–११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरूमा पाटी प्यालेस संचालक पदम श्रेष्ठ सहित राजन कडेल, टुनटुन शर्मा, पशुपति भगत, सुरेन्द्र ठाकुर, विरेन्द्र साह, ध्रुव सिग्देल, मनिराज प्रसाई, बाबुराम कटेल र लिला सहनी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800