इनरुवा, १७ कार्तिक । सुनसरीको इनरुवा नगरपालिका ६ मधेशाबाट जुवा खेलिरहेका १६ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ ।
जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले उनीहरूलाई नगद २ लाख ८३ हजार ९ सय ६५ सहित शुक्रवार राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इनरुवा ६ का उग्र नारायण चौधरी, तीर्थराज अधिकारी, झगरु चौधरी, ईन्देश सरदार, गौरव कोइराला, बालकृष्ण कोइराला, दिनेश पोखरेल, अमित कार्की, सुमन विश्वकर्मा, जीवन तामाङ, गोपाल बहादुर चौहान, राजीव दुलाल, श्रवणकुमार तामाङ, युजिन कोइराला रहेका छन् ।
त्यस्तै इटहरी उपमहानगरपालिका १३ का नेमलाल र इटहरी १२ का भरत कटवाल पनि प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रणमा लिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।