इनरुवा, २३ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह ६ बाट ब्राउन सुगर सहित एक जना प्रकाउ परेका छन।
सशस्त्र प्रहरी बल लौकहीका प्रहरी निरीक्षक आदेश पुनका अनुसार इनरूवा ४ हनुमान चोकका बर्ष २४ को अमित माझी पक्राउ परेका हुन ।
भारतबाट नेपाल तर्फ आउदै गरेका माझीलाई शंका लागी चेकजाचँ गर्ने क्रममा कालो प्लाष्टिकमा बेरी पाईन्टको गोजीमा लुकाई राखेको अवस्थामा ४.८५ ग्राम ब्राउन सुगर लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल लौकहीले जनाएको छ ।